Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

करणी सेना प्रमुख हत्याको विरोधमा भारतको राजस्थानमा बन्द घोषणा

एजेन्सी । भारतमा राजपूत करणी सेना प्रमुख सुखदेव सिंह गोगामेडी हत्याको विरोधमा आज राजस्थान राज्य बन्द घोषणा गरिएको छ ।

राजस्थानको जयपुरमा मंगलबार करणी सेना प्रमुख गोगामेडीको गोली हानी हत्या गरिएको विरोधमा राजपूत समुदायले आज राजस्थान राज्यमा बन्दको घोषणा गरेका हुन् ।

राज्यका धेरै जिल्लामा बन्दको समर्थन भइरहेको छ । हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै राजपुत समुदायले राज्य बन्दको घोषणा गरेका हुन्।

बन्दका क्रममा हिंसात्मक गतिविधि हुनसक्ने भएकाले प्रहरीले अलर्ट जारी गर्दै राज्यका हरेक क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077