Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम : माग पूरा नभए दीक्षान्त समारोह हुन दिनौं

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ ।

संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो । त्रिविले पुस २ गते दीक्षान्त समारोहको आयोजना गर्दैछ ।

संघका अध्यक्ष छत्रबहादुर कार्कीसहितको पदाधिकारीले सोमबार साँझ उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । संघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र लामाका अनुसार ज्ञापनपत्रमा त्रिवि सुधारदेखि कर्मचारी पदपूर्ति, सेवा सुविधालगायतका विषय उठान गरिएको छ ।

त्रिविका करिब ७ हजार कर्मचारीको छाता संगठन संघमाथि माग पूरा गर्न नसकेको आरोप लाग्न थालेपछि ज्ञापनपत्र बुझाएको जिकिर गर्दै उनले भने– ‘माग पूरा गर्न गत चैतमा सम्झौता भएको थियो तर कार्यन्वयन भएन, त्यसको कार्यान्वयन गर्न दबाब दिँदै ज्ञापनपत्र बुझाएका हौं ।

त्रिविले ४५ बुँदे मागमध्ये करिब १० वटा सम्बोधन गरेको थियो । माग सम्बोधन गरेकोमा त्रिवि पदाधिकारीलाई धन्यवाद दिएका थियौं, त्यसपछि कुनै प्रक्रिया अघि बढाएको छैन ।’

ज्ञापनपत्रमा माग पूरा नभए त्रिविको सबै निकायको प्रशासनिक र शैक्षिक कार्यक्रम ठप्प पार्ने चेतावनी पनि दिइएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077