Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सकिन्छ

ओखलढुंगा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सकिने बताएका छन्।

कांग्रेस ओखलढुंगाको सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुश्किल पर्ने पनि बताए।

सभापति देउवाले भने, ‘एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ। तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ । बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ।’

सभापति देउवाले संघीयता कार्यान्वयनमा जोड दिए। सभापति देउवाले संघीयतालाई हामीले राम्रोसँग चलाए देशको विकास हुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077