Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • विपिनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीले गरे कतार सरकारलाई आग्रह

    विपिनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीले गरे कतार सरकारलाई आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 609
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अज्ञात रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् ।

    परराष्ट्र मन्त्रालयमा कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग कुराकानी गर्दै मन्त्री साउदले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन्।



    राजदूत अन्सारीले इसराइल र हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागि प्रयास भइरहेको उनले बताए।



    परराष्ट्रमन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।

    यस्तै उहाँले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार