काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
मदन आश्रित स्मृति दिवसको अवसर पारेर एकीकृत समाजवादीले महाधिवेशन सुरू गर्न लागेको छ।
महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको छ। राष्ट्रिय महाधिवेशनभन्दा अघि प्रदेश, जिल्लालगायत अधिवेशन सकिने गरी कार्यतालिका जारी गरिने बताईएको छ ।
यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने एकीकृत समाजवादीको कार्यतालिका थियो।
यही मंसिर २८ र २९ गते सचिवालय बैठक बस्ने, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटव्यूरो र पुस ११ र १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि भएको एकीकृत समाजवादीले जनाएको छ ।
साथै माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय एकीकृत समाजवादीले गरेको छ।सचिवालय बैठकले राष्ट्रिय सम्मेलनमा विधानका कतिपय व्यवस्थाबारे छलफल गर्न एक कार्यदल बनाउने निर्णय पनि गरेको छ।