Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाधिवेशन सार्न एकीकृत समाजवादीको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

सोमबारबाट सुरू भएको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको छ । यसअघि माघ १४ गतेबाट महाधिवेशन सुरू गर्ने निर्णय गरेको थियो।

हिजोबाट सुरू भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको छ ।

यस्तै राष्ट्रिय सभाको निर्वाचन र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे पनि छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077