Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जंगीअड्डाले बढुवाका लागि सिफारिस गरेका सिग्देलमाथि छानविन गर्न अख्तियारको निर्देशन

    जंगीअड्डाले बढुवाका लागि सिफारिस गरेका सिग्देलमाथि छानविन गर्न अख्तियारको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 3.7K
    SHARES

    काठमाडौं । रथी बढुवाका लागि नेपाली सेनाको जंगीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेका उपरथी अशोक सिग्देलको जन्म मितिको विवादबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ ।

    उनलाई केही दिन अगाडि मात्रै जंगीअड्डाले विवादकै बीच रक्षा मन्त्रालयमा सिफारिस रथीमा बढुवाका लागि सिफारिस गरेको थियो ।



    तर अख्तियार स्रोतका अनुसार सिग्देलको जन्म मिति विवादबारे छानविन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिइएको हो । उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा सिग्देलको वास्तविक जन्म मिति १९ चैत २०२१ रहेको छ ।



    तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् । पछि शैक्षिक प्रमाणपत्रको जन्ममिति सुटुक्क सच्याएका थिए । जून कीर्ते काम भएको दाबी गरिएको छ । अख्तियार स्रोतका अनुसार अशोकविरुद्ध उजुरी परेपछि छानबिन गर्न मंसिर ७ गते रक्षामा लेखी पठाइएको छ ।

    २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ । २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ सालु उल्लेख छ ।

    उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको स्रोतको दाबी छ। भावी प्रधानसेनापति बन्ने दौडधुपमा समेत रहेका सिग्देल आफैं समस्यामा फसेका छन् । यदि उनी बढुवा भएमा नौ महिनापछि सैनिक नेतृत्वमा चयन हुनेछ । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार