Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा विविध विषयमा छलफल भएपनि दल दर्ता गर्ने निर्णय मात्रै भएको हो ।

प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनबारे मंगलबार बस्ने बैठकले निर्णय गर्नेछ ।

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मंसिर २४ देखि २८ गतेसम्म दल दर्ताका लागि समय दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077