Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ ।

बैठकमा पार्टी महाधिवेशनको मिति सार्ने लगायत विषयमा छलफल भइरहेको छ । राष्ट्रिय सभाको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको सन्दर्भमा पार्टीको महाधिवेशनको मिति सार्नेलगायत विषयमा छलफल भईरहेको पार्टी सा्रेतले बतायो ।

एकीकृत समाजवादीको गत ७ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले १४ देखि १८ माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । नयाँ पार्टी गठन भएको दुई वर्षपछि हुन लागेको महाधिवेशन एमालेकै निरन्तरताका रुपमा गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

सरकारले राष्ट्रिय सभाको निर्वाचन ११ माघमा गर्ने निर्णय गरेको छ । फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077