Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • हात्तीको आक्रमणबाट बेलबारीमा एक जनाको मृत्यु

    हात्तीको आक्रमणबाट बेलबारीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 822
    SHARES

    file photo

    मोरङ । मोरङमा जंगली हात्तीको आक्रमणबाट सोमबार बिहान एकजनाको मृत्यु भएको छ ।

    मोरङको बेलबारी नगरपालिका–१० सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको हो ।



    माझीको शव आज जंगलमा फेला परेको थियो । बाटो हिँड्नेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    लेटाङबाट बेलबारीको लक्ष्मीमार्गतर्फ साइकलमा आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ ।

    बाटोमा जम्काभेट हुँदा आक्रमण गर्दै हात्तीले टिपेर जंगलतर्फ फ्यालिदिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

    माझीले आफ्नो साथमा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चा बोकेको पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार