Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक आज बस्दैछ । ६९ औँ बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ः३० बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।

सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको छ ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077