Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • आजको मौसम : यी चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, दुईवटामा हिमपात

    आजको मौसम : यी चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, दुईवटामा हिमपात

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    जसकारण सोमबार बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको छ । केही भू–भागमा हिमपात भइरहेको छ ।



    सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ । दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ ।

    बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार