Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिग : बुटवलको पहिलो जित, पेनाल्टीमा चुक्यो इलाम

    नेपाल सुपर लिग : बुटवलको पहिलो जित, पेनाल्टीमा चुक्यो इलाम

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 900
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा एफसी बुटवल लुम्बिनी एफसीले पहिलो जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले पराजित गर्दै बुटवलले तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको हो ।



    इलामलाई हराएको बुटवलले जितसँगै अंक तालिकामा अंकको खाता खोलेको छ । यता खेलको ५९औँ मिनेटमा इलामका फोडे कामारा पेनाल्टीमा चुक्दा दोस्रो हार भोग्न बाध्य भयो ।



    बुटवलको जितमा कप्तान एरिक विष्ट र स्टेफन समिर विनोङले समान एक एक गोल गरे । इलामका अब्दुलाय बाले गोल फर्काए । यस्तै लिगमा सोमबार झापा एफसी र काठमाडौं रेजर्स भिड्नेछन् । सो खेल साँझ ५ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार