Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • देशका विभिन्न स्थानमा पाँचजना मृत फेला

    देशका विभिन्न स्थानमा पाँचजना मृत फेला

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखाका ४१ वर्षीय निमा लामा आइतबार मृत अवस्थामा फेला परेका छन् । उनी बोडे क्षेत्रमा मजदुरीको काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१७ स्थित सिस्नेखोलामा घोराह–१७, घनिबगियाका ६० वर्षीय हिरालाल चौधरी मृत अवस्थामा फेला परेका जनाइएको छ ।



    कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१, नवज्योती टोलकी ४७ वर्षीया रूपा सुनार आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



    ललितपुरको ललितपुर महानगपालिका–२५, भैँसेपाटी, ओकाथलीमा डेरा गरी बस्दै आएकी झापाकी ४० वर्षीया एलिना राई आफू बस्ने कोठाको बाहिरपट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् ।

    झापाको गौरादह नगरपालिका–४, डोरामारीका ७५ वर्षीय जयप्रसाद संग्रौला गौरादह–४ र गौरादह–६ को सिमानामा पर्ने दामुनाखोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार