Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको उम्‍मेदवारी दर्ता तय गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो ।

यस्तै मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने आयोगले जनाएको छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ ।

सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ । त्यस्तै, आयोगले राष्ट्रियसभाको निर्वाचनमा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रियसभा चुनावमा उम्मेदवार हुन नपाउने भएका छन् ।

कानुन अनुसार प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार हुन नसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077