Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वास गर्नुस्, हामी अरु पार्टी जस्तो हुँदै होइनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना पार्टीहरुभन्दा आफ्नो पार्टी फरक रहेको बताएका छन् ।

मलेसिया भ्रमणमा रहेका सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले त्यहाँको नेपाली समुदायलाई आज सम्बोधन गर्दै रास्वपाका सांसदहरुले नै संसदको गरिमा जोगाइरहेको दाबी गरे ।

सभापति लामिछानेले भने, ‘हिजो सुरुवातका दिनमा थोरै साथीहरु बसेर विधानलाई लिपिबद्ध गरेका हौं । यसमा सबै कुरा समेट्न गाह्रो थियो । अब टीमलाई फराकिलो बनाएर कामको बाँडफाँट गरेर लानुपर्नेछ । आवश्यक सुधार र संशोधन आवश्यक पर्छ । जुन दिन जिम्मेवारी पूरा गर्दैनन्, म ४८ घन्टा वा २४ घन्टा होइन, १२ घन्टा पनि पर्खिन सक्दिनँ । एक घन्टाभित्र कारबाही गर्छु ।’

हालै रास्वपाले आफ्नो विधानसमेत मिचेर पदाधिकारीहरु मनोनयन गरेको विषयमा चर्को आलोचना भएको थियो ।

रविले आवश्यकताका आधारमा विधान संशोधन गरिएको भन्दै उनले पार्टी निर्णयको बचाउ गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077