Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - कम बोल्ने र काम बढी गर्न खोजिरहेको छु

बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले कम बोल्ने, काम बढी गर्न खोजेको बताएका छन् ।

शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले भने, ‘कम बोल्ने काम बढी गर्न खोजिरहेको छु हेरौं के हुन्छ ?’

सभापति देउवाले पार्टीका नेता कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा पार्टी बलियो हुने बताए ।

विमान छुट्न लागेको भन्दै उक्त कार्यक्रममा देउवाले केन्द्रीय सदस्य शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भन्दा पहिले बोल्न समय मागेका थिए ।

सभापति देउवाले आफू भाषण गर्ने मान्छे नै नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077