Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

    भन्सार छली ल्याएको २७ क्वीन्टल चिनी बरामद

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 1.1K
    SHARES

    नवलपरासी । पूर्वी नवलपरासीमा लुकाएर राखिएको ५४ बोरा चिनी बरामद भएको छ।

    बर्दघाट नगरपालिका-१५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो।



    जिल्ला प्रहरी कार्यालय नवलपरासीले झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको जनाएको छ ।



    बरामद चिनी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार