Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन : देव गुरुङ

    गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन : देव गुरुङ

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 765
    SHARES

    सल्यान । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले धार्मिक राज्य बनाउन नसकिने बताएका छन्।

    सल्यानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् । उनले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताए।



    महासचिव गुरुङले मुलुकलाई घोर पश्चगामी र प्रतिगामी लैजान नदिइने बताए।



    महासचिव गुरुङले भने,‘अहिले गणतन्त्रको विकल्प छैन। गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन। बरु केहि कमजोरी भए सुधारेर समाजवादी गणतन्त्रमा जान सकिन्छ। यो व्यवस्थाका कमि कमजोरी र दलका नेतामा कमजोरी भएपनि सुधारेर जानुपर्छ।’

    उनले पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिने तर दुर्गा प्रसाईको अभियान घोर पश्चगामी भएको आरोप लगाए । महासचिव गुरुङले दुर्गा प्रसाईको अभियानले सफलता पाउला तर मुलुक अब पुरानै व्यवस्थातिर नजाने बताए ।

    उनले यो व्यवस्थाले सबै किसिमका विचारका लागि खुल्ला रहेको उल्लेख गरे। गुरुङले राजनीतिक कोर्स पूरा भएपनि आर्थिक कोर्स पूरा हुन नसकेको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार