Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिगमा चितवनको पहिलो जित

    नेपाल सुपर लिगमा चितवनको पहिलो जित

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा चितवन एफसीले वीरगन्ज युनाइटेड एफसीविरुद्ध रोमाञ्चक जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको खेलमा चितवन एफसीले वीरगञ्जलाई २–१ गोलले पराजित गरेको हो । एनएसएलको दोस्रो संस्करण चलिरहँदा प्रतियोगिताको इतिहामै चितवनको यो पहिलो जित हो ।



    चितवनलाई जत दिलाउन विमल घर्तिमगर र टोरिक जेब्रिनले गोल गरे । वीरगन्जका आइकिन्स बाफोरले एक गोल फर्काएका थिए ।



    जितसँगै तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । दुई खेल खेल्दा पनि अंकविहीन वीरगन्ज भने तालिकाको पुछारमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार