विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालले शर्मालाई थुनामा पठाउन आदेश दिएका हुन् । शर्मामाथि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।
यससम्बन्धी मुद्दामा फरार शर्मालाई प्रहरीले शुक्रबार मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीले ठगी सम्बन्धी मुद्दामा शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराएको थियो । शर्मालाई मोरङपछि कैलाली र त्यसपछि दाङ पठाइनेछ ।
Leave a Reply