Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कैलालीको बर्दगोरीया गाउँपालिका-४ स्थित माध्यमिक विद्यालय कोटातुल्सीपुरमा बालविकास कार्यकर्ता पदमा कार्यरत निरञ्जना मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मल्लको एसएलसी सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीमाथि अनुसन्धान हुँदा माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट मल्लको नाममा जारी भएको हाई–स्कूल परीक्षाको प्रमाणपत्र नक्कली भेटिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

नक्कली प्रमाणपत्रका आधारमा बालविकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077