Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गणतन्त्रको विकल्प सदृढ गणतन्त्र हो : रक्षामन्त्री खड्का

    गणतन्त्रको विकल्प सदृढ गणतन्त्र हो : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 804
    SHARES

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाजको २७ औं वार्षिकोत्सवमा बोल्दै रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    रक्षामन्त्री खड्काले यो शासन प्रणालीको विकल्प नरहेको भन्दै उनले जिम्मेवारीमा बसेकाहरूले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्नेमा जोड दिए ।



    रक्षामन्त्री खड्काले भने, ‘जवाफ दिने क्रममा हाम्रा शासकीय सुधारहरू, सुशासन र आम नागरिकका अपेक्षाहरु, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरुलाई छिटो छरितो तरिकाले तीव्र गतिमा अघि बढाउने र कमी कमजोरी सुधार्दै अघि बढ्नुपर्छ ।’

    गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रूपमा जवाफ दिन जरुरी रहेको रक्षामन्त्री खड्काले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार