Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि लम्कीमा चक्काजाम

    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि लम्कीमा चक्काजाम

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 1.2K
    SHARES

    कैलाली । बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गको लम्कीमा पीडितका आफन्तले चक्काजाम गरेका छन्।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहन्याल गाउँपालिका-७ का डम्बरबहादुर विष्टको ज्यान गएको थियो।



    मृतकका आफन्तले बसको लापरवाहीले ज्यान गएको भन्दै उचित क्षतिपूर्तिको मागसहित लम्की चौराहमा सवारी साधन ठप्प पारेका हुन्।



    इलाका प्रहरी कार्यालय लम्कीका अनुसार लम्कीचुहा नगरपालिका-२ गणेशपुर चोकमा हिंडिरहेका विष्टलाई बसले ठक्कर दिएको थियो।

    बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ज्यान गएको हो।

    ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा रहेका छन्।

    पीडितका आफन्तहरुले सवारी साधन ठप्प पारेपछि पूर्वपश्चिम यातायात सेवा अवरुद्ध भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार