Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विकास परियोजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ : अर्थमन्त्री महत

    विकास परियोजनाको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ : अर्थमन्त्री महत

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 936
    SHARES

    काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले विकास परियोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

    नेपालस्थित भारतीय राजदूतावास र अर्थ मन्त्रालयले संयुक्तरूपमा आयोजना गरेको ‘परियोजना कार्यान्वयन समीक्षा बैठक’मा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।



    अर्थमन्त्री महतले भारत सरकारको सहयोगमा मुलुकमा सञ्चालित विकास निर्माणका परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।



    नेपालको आर्थिक उन्नयनका परियोजनामा निरन्तर सघाएकोमा उनले भारत सरकारप्रति आभार व्यक्त गरे ।

    अर्थमन्त्री महतले सहुलियतपूर्ण ऋणका साथै अनुदान सहयोगका आयोजनाहरूको शीघ्र कार्यान्वयनका निम्ति नेपाल सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

    बैठकमा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गर्नुभएको थियो । त्यस अवसरमा दुवै पक्षले आपसी सहयोग र सहकार्यका बारेमा पनि छलफल गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार