Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सरकारले बनायो रुसी सेनामा कार्यरत नेपालीको मृत्युबारे अध्ययन गर्न समिति

    सरकारले बनायो रुसी सेनामा कार्यरत नेपालीको मृत्युबारे अध्ययन गर्न समिति

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 897
    SHARES

    काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको मृत्यु भएपछि सरकारले अध्ययन समिति बनाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएको हो ।



    समितिमा वैदेशिक रोजगार शाखाका अधिकृत धनन्जय यादव र कानुन अधिकृत उषा गौतम रहेका छन् । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।



    सरकारका प्रवक्ता रेखा शर्माले पनि रुसी सेनामा कार्यरत नेपालीहरूको तथ्यांक सरकारसँग नभएको स्पष्ट पारेकी थिइन् ।

    बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले कतिपय नेपाली युवाहरू दलालमार्फत् विदेश गएकाले सरकारसँग एकीन तथ्यांक नभएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार