Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिग : धनगढी एफसीको लगातार दोस्रो जित, बुटवल लुम्बिनी पराजित

    नेपाल सुपर लिग : धनगढी एफसीको लगातार दोस्रो जित, बुटवल लुम्बिनी पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 789
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले बुटवल लुम्बिनी सिटी एफसीलाई पराजित गरेको छ । बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलले पराजित गरेको हो ।

    खेल बराबरीतर्फ गइरहेको अवस्थामा इन्ज्युरी समयको ४ औँ मिनेटमा हाफिज ओलावालेले गोल गरेर धनगढीलाई जित दिलाए ।



    धनगढीको यो लगातार दोस्रो जिते हो भने बुटवल लुम्बिनीको दोस्रो हार हो । यसअघि धनगढीले वीरगञ्ज यूनाइटेड एफसीलाई २-१ ले पराजित गरेको थियो ।



    जितसँगै धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । एनएसएलको दोस्रो संस्करणमा ९ वटा टोली सहभागी छन् । एनएसएलमा शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार