काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ ।
एकीकृत समाजवादीले पार्टीको ६९औं केन्द्रीय सचिवालय बैठक यही मङ्सिर १८ गते बिहान ११ बजे बस्नेगरी आह्वान गरेको हो ।
उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल हुनेछ ।
त्यसैगरी पार्टीको कार्यविभाजन समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन (अपानि–११) लगायतका विषयमा छलफल गर्ने तयारीसमेत रहेको छ।