Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१८ अंकले घट्यो सेयर बजार परिसूचक नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक घटेको छ ।

सोमबारदेखि लगातार घटेको सेयर बजार आज पनि १८ अंकले घटेर बन्द भएको हो।

सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम भएको छ । बिहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १ अर्ब १ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको कारोबार भयो ।

कुल ३२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ६ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु घटेका छन् । फाइनान्स र होटल समूहको सूचक सबैभन्दा धेरै १.५ प्रतिशत घट्यो ।

अंकका आधारमा बैंकिङ १०, विकास बैंक २१, फाइनान्स २६, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा १००, उत्पादन तथा प्रशोधन ३८, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६५, अन्य ७ र ब्यापार उपसमूह ९ अंक घटे ।

रुरु जलविद्युत् आयोजनाको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो । छिमेक लघुवित्तको ३.४ तथा मिथिला लघुवित्तको मूल्य २ प्रतिशत बढ्यो ।

विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशत घट्यो । खानीखोला हाइड्रोको मूल्य ५.६, कुथेली बुकरीको मूल्य ५.५ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077