Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • कान्तिपुर पब्लिकेसनका एमडी सम्भवसँग बिहे गर्दै पूर्व मिस नेपाल शृंखला

    कान्तिपुर पब्लिकेसनका एमडी सम्भवसँग बिहे गर्दै पूर्व मिस नेपाल शृंखला

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 798
    SHARES

    काठमाडौं । २०१८ की मिस नेपाल शृंखला खतिवडाले कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह गर्ने भएकी छन् । उनीहरूले मंसिर २८ गते विवाह गर्न लागेका हुन्।

    असोज २८ गते शृंखलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन‍्। शृंखलाका बुवा विरोध खतिवडाले मंसिर २८ गते विवाहको लगन जुरेको भन्दै उनीहरुको विवाह होटेल हायातमा आयोजना हुने जनाएका छन् ।



    शृंखला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन्।



    केही महिनाअघि सम्भव कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए। यसअघि कान्तिपुरको प्रबन्ध निर्देशक कैलाश सिरोहिया थिए। सम्भव कैलाशका छोरा हुन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार