Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपाको निष्कर्ष : प्रदेश संरचना बदलौं, भ्रष्टाचार र कार्यकर्ता भर्ती केन्द्र बन्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशको विकल्प सोच्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

महोत्तरीको जलेश्वरमा तीन दिन चलेर सकिएको विस्तारित (केन्द्रीय समिति, संसदीय दल र प्रदेश समितिका सभापतिसहितको) बैठकले प्रदेशको विकल्प सोच्नुपर्ने निष्कर्षसहितको सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको हो ।

'अहिलेको प्रदेश संरचनाले हामीलाई कहीं लैजाँदैन । त्यसमाथि यो भ्रष्ट्राचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ । यसको विकल्प सोच्न एक छिन पनि ढिला गर्नु हुन्न' लामिछानेको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

उनले प्रदेशको संरचना अन्य दलहरुले आफ्ना कार्यकर्ता भर्तिका लागि सजिलो होस् भनेर मात्र निर्माण गरेको विष्लेषण राजनीतिक दस्तावेजमा उल्लेख गरेका छन् ।

यस्तो छ राजनीतिक प्रतिवेदन :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077