Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो बन्यो रास्वपाको १२ सदस्यीय केन्द्रीय सचिवालय [सूचीसहित]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १२ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालय गठन गरेको छ । सभापति रवि लामिछानेको नेतृत्वमा सचिवालय गठन गरिएको हो । सचिवालयमा थपिएकासहित सबै पदाधिकारी राखिएको छ ।

रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ ।

सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ । यस्तै पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय पनि भएको बताइएको छ ।

यस्तो छ रास्वपाको सचिवालय
१. सभापति - रवि लामिछाने
२. उपसभापति - डीपी अर्याल
३. उपसभापति - डा. स्वर्णिम वाग्ले
४. महामन्त्री - डा. मुकुल ढकाल
५. सहमहामन्त्री - कवीन्द्र बुर्लाकोटी
६. सहमहामन्त्री - सुमना श्रेष्ठ
७. सहमहामन्त्री - विपिन आचार्य
८. संसदीय दलको उपनेता - विराजभक्त श्रेष्ठ
९. प्रमुख सचेतक - सन्तोष परियार
१०. कोषाध्यक्ष - लिमा अधिकारी
११. सहकोषाध्यक्ष - बसुमाया तामाङ
१२. सहकोषाध्यक्ष - दीपक बोहोरा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077