Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मुगु सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

    मुगु सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ जना प्रहरी सम्मानित

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 3.4K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले १३ जना प्रहरीलाई सम्मान गरेको छ । मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जना सम्मानित भएका हुन् ।

    उनीहरुलाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशंसापत्र प्रदान गरेका हुन् ।



    गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो ।



    उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार