Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्ने सभापति लामिछानेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्ने दाबी गरेका छन् ।

बुधबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःख सुखलाई प्राथमिकतामा राखेर आफूहरूले काम गर्ने बताए ।

उनले अहिलेको शासकीय स्वरूपमा केही कमजोरी रहेको तर विद्यमान व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्न सकिने बताए ।

शासकीय स्वरूपमा भएका कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077