Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • शिशु र आमाको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

    शिशु र आमाको मृत्यु भएपछि लमजुङ अस्पतालमा प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 594
    SHARES

    लमजुङ । उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पीडित पक्षले लमजुङ अस्पतालमा प्रदर्शन गरेका छन् ।

    पीडित पक्षले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी दुवैको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका हुन् ।



    पीडितको प्रदर्शनपछि लमजुङ अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालको सेवा प्रभावित बनेको छ ।



    लमजुङको मर्स्याङ्दी गाउँपालिका-९, पामचोककी २६ वर्षीया शोभा विकको उपचारका क्रममा मृत्यु भएको हो ।

    अस्पतालमा नियमित जाँचमा रहेकी महिलालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो ।

    पीडित परिवारका अनुसार मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकालिएको थियो ।

    सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार पौने ६ बजेतिर बेंसीसहरबाट चितवन मेडिकल कलेज लगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार