काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टमको समस्याका कारण ढिलोगरी सेयर कारोबार सुरु भएको छ।
बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेको थिएन् ।
नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो ।
साढे ११ बजेपछि नियमित रुपमा सेयर कारोबार सुरु भएको छ ।
प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ ।
Leave a Reply