काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।
मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ। अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply