Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • कमेडियन अपूर्व क्षितिज दोषी ठहर, १० हजार जरिवाना

    कमेडियन अपूर्व क्षितिज दोषी ठहर, १० हजार जरिवाना

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 780
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई नेवार समुदायप्रति दिएको अभिव्यक्तिका सम्बन्धमा दोषी ठहर गरेको छ । जातीय भेदभाव तथा छुवाछूत र सार्वजनिक शान्तिविरुद्धको अभियोगमा अदालतले कमेडियन सिंहलाई दोषी ठहर गरेको हो ।

    एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको आरोप लागेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्तिविरुद्ध र जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी, सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसुरमा अपूर्व क्षितिलाई दोषी ठहर गर्दै जरिवाना गरेको हो ।



    पृथविन्दु महर्जनलगायतले दायर गरेको रिट निवेदनमा क्षितिलाई मुलुकी अपराध संहिताको दफा १६५ बमोजिम १० हजार जरिवाना गरिएको हो ।



    स्ट्यान्ड अप कमेडी गर्ने क्रममा नेवारी लवज र जातीलाई व्यंग्य गरिएको भन्दै अपूर्व क्षितिजविरुद्ध उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले २०७९ भदौ दोस्रो साता पक्राउ परेका थिए । उनलाई त्यतिबेला २ लाख धरौटीमा छोडिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार