Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘युथ एक्सचेन्ज प्रोग्राम’मा सहभागी टोली र प्रधान सेनापति शर्माबीच शिष्टाचार भेट

    ‘युथ एक्सचेन्ज प्रोग्राम’मा सहभागी टोली र प्रधान सेनापति शर्माबीच शिष्टाचार भेट

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 546
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय नेसनल क्याडेट कर्पसको प्रतिनिधिमण्डलले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेको छ ।

    मंसिर ०५ गते नेपाल आइपुगेको भारतीय एनसीसी टोलीले आज जङ्गी अड्डामा प्रधान सेनापति शर्मासँग भेट गरेको हो । त्यस अवसरमा भ्रमण दलका सदस्यहरूले ‘युथ एक्सचेन्ज प्रोग्राम (वाईईपी)’ का दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गर्दै प्रधान सेनापति समक्ष आफ्नो भ्रमण अनुभव प्रस्तुत गरेका थिए ।



    वाईईपीमा भारतीय एनसीसीका छात्र छात्राहरू १६ जना र राष्ट्रिय सेवा दल, नेपालका छात्र छात्राहरू ४ जना सहभागी रहेका नेपाली सेनाले जनाएको छ। भारतीय एनसीसी टोली मंसिर १३ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।



    नेपालमा वि.सं २०२२ सालमा राष्ट्रिय सेवा दलको स्थापना भएको हो । आर्थिक वर्ष २०७९/८० सम्म जुनियर डिभिजन र सिनियर डिभिजन गरी कुल ६६ हजार ७७६ जना छात्र छात्राहरूले राष्ट्रिय सेवा दल तालिम सम्पन्न गरिसकेका छन् । यस वर्ष उक्त तालिममा ७ हजार ७०४ जना छात्र छात्राहरू सहभागी भई रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार