Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनु हुनेछ, मैले भनिसक्या छु : सभापति देउवा

रूपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता बालकृष्ण खाँण निर्दोष रहेकोले न्याय पाउने टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस, रूपन्देहीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । उनले खाँणलाई फसाइएकोले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए ।

‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ भन्ने मैले भनिसक्या छु । हाम्रा वकिल साथीहरू लागिरहेका छन् । मलाई विश्वास छ उहाँले न्याय पाउनु हुनेछ,' कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले गत वैशाख २७ गते उनकै निवासबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077