काठमाडौं । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ ।
मस्कोस्थित नेपाली राजदूतावासका अनुसार युक्रेनसँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् ।
उनीहरुको गत कार्तिक २९ गते मृत्यु भएको नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।
रुसी सेनाले नेपालीहरुलाई आफ्नो सहयोगीको रुपमा राखेको बुझिएको छ ।
Leave a Reply