Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • कानुनमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    कानुनमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 699
    SHARES

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र भारतीय समकक्षी अर्जुन राम मेघवालबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

    भेटमा कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायतका विषयमा छलफल भएको हो ।



    भारतीय कानुन तथा न्यायमन्त्री मेघवालले भेटबारे सामाजिक सञ्जालमा जानकारी दिँदै लेखेका छन्, ‘आज शास्त्री भवनस्थित कानुन तथा न्याय मन्त्रालयमा नेपालका कानुनमन्त्री श्री धनराज गुरुङसँग शिष्टाचार भेटवार्ता भएको छ ।’



    सो क्रममा दुई देशबिचको कानुनी र न्यायिक सहयोग प्रवर्द्धनलगायत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।

    मन्त्री गुरुङ हाल भारत भ्रमणमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार