Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौंमा

    प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौंमा

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 876
    SHARES

    काठमाडौं । सातै प्रदेशका गृहमन्त्रीहरु काठमाडौं आएका छन् ।

    प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले काम गर्न अप्ठेरो परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराउन उनीहरू काठमाडौं आएका हुन् ।



    मुलुक तीन तहको संघीय संरचनामा वर्गीकरण भएको झण्डै एक दशक पुग्न लाग्दा पनि प्रदेश प्रहरी गठन हुन सकेको छैन ।



    प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरुको गुनासो छ ।

    प्रदेश प्रहरी नहुँदा शान्ति सुरक्षा मजबुत पार्न नसकिएको जिकिर गर्दै संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गरेको मधेश सरकारले २ पटक सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार