Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • थाइल्यान्डमा बेहुलाले गरे आफ्नै बेहुलीसहित ५ जनाको हत्या, आफू पनि मरे

    थाइल्यान्डमा बेहुलाले गरे आफ्नै बेहुलीसहित ५ जनाको हत्या, आफू पनि मरे

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    बैङ्कक । एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चारजनाको हत्या पछि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ ।

    आसियान पारा खेलकुदको रजत पदक विजेता २९ वर्षीय चतुरोङ सुक्सुकले शनिबार उत्तरपूर्वी थाइल्यान्डमा भएको विवाहमा दुलही कञ्चना पचुन्थुक, उनकी आमा र बहिनीलाई गोली चलाएका थिए ।



    “उनीहरूबीच निजी मामिलामा बहस भएको थियो र चतुरोङले आफ्नो कारमा गए र गोली चलाउनुअघि बन्दुक उठाए”, उत्तरपूर्वी नाखोन रत्चासिमा प्रान्तका प्रहरी अधिकारी म्याटिचोन वोङगबाओकुलले भन्नुभयो ।



    उहाँका अनुसार चतुरोङले स्वयंलाई मार्नुअघि पहिला आफ्नी दुलही र अन्य चार जनामाथि गोली चलाएका थिए । मारिनेमध्ये एक अतिथि पनि थिए ।

    पौडी खेलाडी उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए ।

    उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् ।

    कानूनी र अवैध दुवै तरिकाले सजिलै बन्दुक उपलब्ध हुने थाइल्यान्डमा बन्दुक हिंसा सामान्य छ । यद्यपि सामूहिक गोली हानाहान सामान्यतया दुर्लभ हुन्छन् । यो हमला गत महिना एक मलमा भएको हमलामा तीन व्यक्ति मारिएको घटनापछि भएको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार