Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मंसिर २० र २१ गते सम्मेलन गर्न लागिएको हो ।

निर्वाचन आयोग नेपाल र 'एसियन नेटवर्क फर फ्री इलेक्सन' को आयोजनामा हुने छैटौँ संस्करणको 'एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम' को उद्घाटन उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र समापन परराष्ट्रमन्त्री एनपी साउदबाट हुने तय भएको आयोगले जनाएको छ ।

सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील गैरनाफामूलक तथा प्राज्ञिक संस्थाका दुई सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077