Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोरियन भाषा परीक्षामा चार हजार उत्तीर्ण, को-को भए पास ? [नामावलीसहित]

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक श्रमिकले दिएको भाषा परीक्षामा ४ हजार ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

ईपीएस कोरिया शाखाका अनुसार ३५ हजार ४७८ मध्ये ३२ हजार ५०७ परीक्षार्थी परीक्षामा सहभागी भएकोमा ४ हजार ९८ जना पास भएका हुन् ।

सोमबार सूचना प्रकाशित गरी ईपीएस कोरिया शाखाले असोज १ गतेदेखि मंसिर ७ गतेसम्म सम्पन्न भएको सिपबुइल्डिङ क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशन भएको जनाएको छ ।

पास भएका ४ हजार ९८ जनामध्ये ३ हजार ९०१ जना पुरुष र १९७ जना महिला छन्। पहिलो चरणको कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको दोस्रो चरणको स्किल टेस्ट एण्ड कम्पिटेन्सी टेस्टको परीक्षा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077