काठमाडौं । उपसभामुख इन्दिरा रानाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।
सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताइन् । उनले महिला–महिलाहरूको बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
उनले महिलाहरूलाई निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने बताइन् ।
Leave a Reply