Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाली सेनाका सहायक रथी नारायण सिलवालले उपरथी दर्जाको दर्ज्यानी चिह्न लगाएका छन् ।

सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति प्रभुराम शर्माले उनलाई बढुवाको फुली लगाइदिएका हुन् ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्कालगायत अधिकृतहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077