Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कसैले चाहेर राजतन्त्र फर्किदैन, गणतन्त्रलाई संस्थागत बनाऔं : कांग्रेस सभापति देउवा

नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताएका छन् ।

नेपाली कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए।

सभापति देउवाले भने,‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन । केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी हामिलाई मान्य छैन ।’

सभापति देउवाले पार्टीका सबै मतभेद हटाएर संगठन बिस्तारमा लाग्न कांग्रेस नेता कार्यकर्तालाई निर्देशन दिए ।

सभापति देउवाले संविधानसभाले निर्णय गरेकाले अब राजतन्त्र नफर्किने बताए ।

सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउनुपर्ने सभापति देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077