Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

    कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

    अनलाइन नेपाल
  • सोमबार, ११ मंसिर २०८०
  • 444
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन यूएई जाने भएका छन्।

    कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ। सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार त्यसतर्फ जानेछन्।



    भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, बन तथा वातावरण मन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन्। प्रधानमन्त्री प्रचण्डले १६ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



    सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार